Rule 21
यात्रा अनमतिपत्र
(१) देहायको अवस्थामा विभागले यात्रा अनुमतिपत्र जारी गर्न सक्नेछ:-

(क) बिदेशमा रहेको कुनै नेपाली नागरिकको राहदानी हराएको वा नासिएको कारणले नेपाल फर्कन असमर्थ भएको र राहदानी लिनको लागि समय अभाव भएको कारण देखाई सोको प्रमाण सहित सम्बन्धित मुलुकमा रहेको नियोगमा निवेदन दिएमा,

(ख) _ राहदानी बाहक रहेको मुलुकमा नेपाली नियोग नभएमा निजको परिवारको सदस्यले सम्बन्धित गाउँपालिका वा नगरपालिका र जिल्ला प्रशासन कार्यालयको सिफारिस सहित विभागमा निवेदन दिएमा,

(ग) नेपालमा रहेका शरणार्थीले गृह मन्त्रालयको सिफारिस बमोजिम नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी विदेश भ्रमणमा जानको लागि विभागमा निवेदन दिएमा, (घ) विभागबाट यात्रा अनुमतिपत्र प्राप्त गरी विदेश भ्रमणमा गएका शरणार्थी वा अन्य नेपाली यात्रा अनुमतिपत्र बाहकले यात्रा अनुमतिपत्रको अवधि समाप्त भएको भनी पुनः यात्रा अनुमतिपत्र लिनको लागि गृह मन्त्रालयको सिफारिस सहित सम्बन्धित मुलुकमा रहेको नियोग र सो मुलुकमा नियोग नभएमा नजिकको नियोगमा निबेदन दिएमा,

(ङ) नेपालमा नियोग नभएको मुलुक वा नियोग भए पनि राहदानी वा यात्रा अनुमतिपत्र जारी नगर्ने मुलुकको विदेशी नागरिकले राहदानी हराएको वा नासिएको कारणले आफ्नो देशमा फिर्ता हुन नसकेको कारण देखाई राहदानी हराएको वा नासिएको प्रहरी प्रतिवेदन तथा अन्य आवश्यक प्रमाण सहित बिभागमा निवेदन दिएमा,

(चे) _ नेपालमा नियोग नभएको मुलुक वा नियोग भए पनि राहदानी वा यात्रा अनुमतिपत्र जारी नगर्ने मुलुकको नागरिकले धर्मपुत्र वा धर्मपुत्री ग्रहण गरेका नेपाली बालबालिका आफूसँगै लैजानको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिस सहित विभागमा निवेदन दिएमा, (छ) नेपाली आमा र विदेशी बाबुबाट जन्मेको छोरा वा छोरीलाई बाबु बसोबास गरेको मुलुकसम्म जानका लागि नाबालक छोरा वा छोरीको हकमा नेपाली आमा र उमेर पुगेका छोरा वा छोरी भए त्यस्तो छोरा वा छोरीले गृह मन्त्रालयको सिफारिस सहित विभागमा निवेदन दिएमा ॥

(२) यात्रा अनुमतिपत्रको लागि अनुसूची-२ बमोजिमको ढाँचामा अनुसूची-४ बमोजिमको दस्तुर समेत संलग्न गरी निवेदन दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम नियोग समक्ष निवेदन दिएकोमा नियोगले निवेदन र संलग्न कागजात जाँचबुझ गरी रीत पुगेको भए विभाग_समक्ष पठाउनु पर्नेछ ।

(४) उपनियम: (१) बा (३) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ .गर्दा निवेदकलाई यात्रा अनुमतिपत्र जारी गर्न उपयुक्त देखिएमा विभागले बढीमा तीन वर्ष बहाल रहने यात्रा अनुमतिपत्र जारी गर्नेछ ।

(५) “उपनियम (४) बमोजिम निवेदन जाँचबुझ गर्दा रीत नपुगेको वा आवश्यक कागजात पेश नभएको कारण यात्रा अनुमतिपत्र जारी हुन नसक्ने भएमा विभागले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। त्यसरी यात्रा अनुमतिपत्र जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरेको दस्तुर फिर्ता हुने छैन ।